काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारत प्रस्थान गरेका हुन् ।
Advertisement
भारत उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘मेरो भ्रमण सद्भावनाका लागि हो, भ्रमण आकस्मिक होइन ।’
प्रचण्डले भारतीय प्रधानमन्त्रीसहित सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको बताए । उनले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधान विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताए ।
प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ, नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदै छु, उत्साहको साथ जाँदै छु ।’