काठमाडौँ । मोरङको जिल्ला कारागारमा कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । जसमा एक जनाको बिहीबार नै मृत्यु भएको छ ।
Advertisement
बिहीबार उच्च ज्वरो आएर कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका ४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।
कोरोनासँग मिल्ने लक्षण देखिए पनि मृतकको जाँच गरिएको थिएन । उनको शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
कारागारमा हाल एक हजार ८७ कैदी बन्दी छन् । कारागारको क्षमता महिला पुरुष गरी जम्मा तीन सय जनाको मात्रै हो ।