काठमाडौँ । बुटवलको गोलपार्क होटेलमा मृत भेटिएकी १६ वर्षीया सुदीक्षा गुरुङसँगै बस्ने युवक पक्राउ परेका छन् । ७ दिनअघिको घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुदीक्षाका पूर्वप्रेमी २० वर्षीय असीम श्रेष्ठलाई पक्राउ गरेको हो ।
Advertisement
असार २४ गते राति होटलमा असीमसँगै बसेकी गुरुङ २५ गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । बुटवल उपमहानगर ३ का असीमलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्पर्कविच्छेद भएका दुई जनाबीच असार २४ मा सदीक्षाले फोन गरेपछि भेटघाट हुने भएको थियो । असीम होटल पुग्नुअघि सदीक्षाले दाइ आउँदै हुनुहुन्छ भनेर होटलमा कोठा बुक गरेको जनाइएको छ ।