वासिङ्टन- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी इभानाको निधन भएको छ।
Advertisement
उनी ७३ वर्षकी थिइन् । ‘उनी सुन्दर र अद्भूत महिला थिइन्, जसले महान र प्रेरणादायी जीवन बाँचिन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।
सन् १९७७ मा उनीहरूले विवाह गरेका थिए। १५ वर्षपछि सन् १९९२ मा डिभोर्स भएको थियो। इभानाको जन्म हालको चेक रिपब्लिकमा भएको थियो।
ट्रम्पका सन्तानहरू डोनाल्ड जुनियर, इभान्का एरिक ट्रम्प इभानाकै कोखबाट जन्मेका हुन्।