कोलम्बो- देश छाडेर माल्दिभ्स हुँदै सिंगापुर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार राति राजीनामा घोषणा गर्ने सम्भावना रहेको त्यहाँको संसदका सभामुखले बताएका छन्।
Advertisement
संसदका सभामुख महिन्दा यापा अबेवार्देनाले त्यस्तो जानकारी दिएका हुन्। कोलम्बोबाट प्रकाशित हुने डेली मिररकी डेपुटी एडिटर जमिला हुसेनले सभामुखको भनाइ गर्दै ट्विटमार्फत उक्त जानकारी दिएकी हुन्।
राजापाक्षे १२ जुलाईमा देश छाडेर माल्दिभ्स भागेका थिए। त्यहाँ पनि उनलाई प्रवेश दिइएकामा सरकारको विरोध भएपछि भागेर बिहीबार सिंगापुर पुगेका छन्।
उनले १२ जुलाईमा पदबाट राजीनामा दिने बताएका थिए। तर, अझै उनको राजीनामा कोलम्बो पुगेको छैन।