काठमाडौं- मिस नेपाल अर्थ सरिशा श्रेष्ठले रोग विज्ञान (प्याथोलोजी)मा गोल्ड मेडल प्राप्त गरेकी छन्। उनी चिकित्सक हुन्।
Advertisement
मिस नेपाल आयोजक ‘द हिडन ट्रेजर’ले विज्ञप्तिमार्फत उनले त्रिविबाट गोल्ड मेडल प्राप्त गरेको बताएको हो।
यस वर्ष उनले मिस नेपालको महत्त्वपूर्ण टाइटल जितेकी उनले पढाइमा पनि गोल्ड मेड प्राप्त गरेकी छन्। उनी वातावरण क्षेत्रमा काम गर्न चाहन्छिन्।
यसपटकको मिस नेपालमा ६ जना चिकित्सक युवती सहभागी भएका थिए। उनीहरूमध्ये सरिशाले ताज पहिरिएकी थिइन्।