काठमाडौँ । नाबालकलाई प्रयोग गरी तीन तोला ४० लालको सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका ४ की ७० वर्षीय चमेली थापाले लगाइराखेको सिक्री चोरी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Advertisement
सुनको सिक्रीसहित प्रहरीले ११ र १२ वर्षका दुई जना नाबालकसहित कञ्चन गाउपालिका ४ हर्नाचौका ३३ वर्षीय विजय राय नटलाई प्रहरीले पक्राउ गरेको छ । विजयले विभिन्न प्रलोभन देखाएर ती नाबालकलाई प्रयोग गरी चोरीको काममा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले चोरी भएको सुनको सिक्री बरामद गरेको प्रहरीले जनाएको छ ।