काठमाडौँ । जिल्लाको नागार्जुन नगरपालिका ८ भीमढुंगामा चितुवाको आक्रमणबाट एकैघरका पाँच जना घाइते भएका छन् । हर्साखोलास्थित स्थानीयको घरमा चितुवाको आक्रमणमा परी उनीहरू घाइते भएका हुन् ।
Advertisement
राति एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
घाइते सबै जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।