काठमाडौँ । क्रिप्टोकरेन्सीमा लगानी गरेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन् । नेपालमा क्रिप्टोकरेन्सी अवैध धन्दा मानिन्छ ।
Advertisement
बुधबार दिउँसो प्रहरीले श्रेष्ठलाई उनकै घर पानीपोखरीबाट पक्राउ गरेको हो । क्रिप्टोको कारोबार भएको आशंकामा प्रहरीले छापा मारेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीमाथि अनुसन्धान सुरु भइरहेको छ ।
उनले क्रिप्टो कारोबारमा कति लगानी गरेका छन् भन्ने खुलेको छैन ।