काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका ७ पानीपोखरीको जंगलमा झुण्डिएको अवस्थामा युवक र युवतीको शव फेला परेको छ । शव केही दिनअगाडिकै रहेको प्रहरीले जनाएको छ ।
Advertisement
घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार झुण्डिएकाहरूको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरू काभ्रेको बनेपा नगरपालिका १ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।