काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन आज सोमबार डेढ घण्टाको अवधिमा नेप्से परिसूचक ६५ अंकको भारी अंकले गिरावट आएको छ ।
Advertisement
कारोबार सुरू भएसँगै घट्न थालेको नेप्से परिसूचक १२ः३० बजेसम्म ६५ अंकले घटेको हो । यससँगै, नेप्से परिसूचक १९२९ अंकमा पुगेको छ ।
आज कारोबार भएका सबै समूहमा भारी गिरावट आएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि कसिलो मौद्रीक नीति ल्याउने जनाएसँगै नेप्सेमा प्रभाव परेको हो ।
गर्भनर महाप्रसाद अधिकारीले आगामी वर्षको मौद्रीक नीति कसिलो हुने बताएका थिए ।