काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू पक्षका नेताहरूको बैठक बोलाएका छन् । सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकअगाडि उनले आफू पक्षका नेताहरूको एकीकृत धारणा बनाउन बैठक बोलाएका हुन् ।
Advertisement
बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा आज दिउँसो एक बैठक बस्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवा संविधान मिचेकोलगायत आरोप कोइराला पक्षले लगाउँदै आएको छ ।
यसअघि बसेको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरूबीच छलफल गरेर केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।