काठमाडौँ । रामेछापमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझी छन् ।
Advertisement
गत असार ५ गते बिहे गर्छु भन्दै फकाएर मन्थली नगरपालिका १ बसपार्कस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
घटनापछि घर पुगेकी बालिकाले अभिभावकलाई घटनाबारे बताएसँगै पीडित परिवारले माझीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले मंगलबार छिमेकी जिल्ला सिन्धुलीको ग्वालटारबाट उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।