काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बैठक सुरु भएको हो ।
Advertisement
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूचीबारे जानकारी गराएका थिए ।
उनका अनुसार आजको बैठकमा नयाँ सदस्यको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने भएको छ ।