काठमाडौँ । मोरङमा एक महिलाको आगो लगाएर हत्या गरिएको छ । शुक्रबार राति रंगेली नगरपालिका १ बिर्ताबजारमा स्थानीय ३१ वर्षीय बबिता मल्लिकको आगो लगाएर हत्या गरिएको हो ।
Advertisement
प्रहरीले हत्याको आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । घरायसी विवाद हुँदा तिलकले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागीबाट घाइते भएकी बबितालाई प्रहरीले उद्दार गरी अस्पताल लगे पनि उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको हो ।
उनीहरूले ५ वर्षअघि विवाह गरेका थिए । घरमा उनीहरू मात्रै बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।