काठमाडौँ । गोरखा जिल्ला अदालतका कर्मचारी रामचन्द्र केसी १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
Advertisement
सेवाग्राहीसँग घुस लिँदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । घुससहित पक्राउ परेका उनलाई शुक्रबार राति नै पोखरा लगिएको छ । उनीमाथि आवश्यक छानविन भइरहेको आयोगले जनाएको छ ।