• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

किन लागिरहन्छ चुरोटको तलतल, यस्ता छन् चार कारण


बुधबार, असार १५, २०७९ मा प्रकाशित

काठमाडौं- रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो शहरमा हुर्किइन्। उनले १३ वर्षको उमेरदेखि चुरोट पिउन थालिन्। रोजकी आमाले उनलाई निकै कडाइका साथ चुरोट नपिउन सुझाउँथिन्। तर, रोजलाई चुरोटको लत परिसकेको थियो। छोड्न गाह्रो थियो। उनी बुवाको चुरोट चोर्थिन् र खाजाका लागि पाएको पैसा चुरोटमै खर्च गर्थिन्।

Advertisement

४५ वर्षसम्म उनले हरेक दिन करिब दुई प्याकेट चुरोट पिइन्। त्यसपछि एक दिन उनको खुट्टामा समस्या देखियो। चिकित्सकले यो धुम्रपानसँग सम्बन्धित समस्या भएको र धुम्रपान नछोडे खुट्टासमेत काट्नुपर्ने चेतावनी रोजलाई दिए।

उनले चुरोट छोडिन् तर डाक्टरहरूले उनलाई फोक्सोको क्यान्सरसमेत भएको चाल पाए। त्यसपछि उनले केमोथेरापी लिनुपर्‍यो। शल्यक्रिया पनि भयो। त्यसपछि उनको मस्तिष्‍कमा दुईवटा ट्युमर पनि भेटियो।

धेरै मानिस आफूलाई क्यान्सर नहुने अनुमान लगाउँछन्। तर, क्यान्सरसँग लडिरहेकी रोजले हरेक व्यक्तिले आफ्नो शारीरिक अवस्थाको बारेमा जानकार रहनुपर्ने सल्लाह दिन्थिन्। केही दिनपछि रोजको निधन भयो। त्यतिबेला उनी ६० वर्षकी थिइन्।

धुम्रपान गर्नेहरूले पनि यस्ता धेरै डरलाग्दा कहानीहरू सुन्छन्। उनीहरू धुम्रपानका सबै खतराबारे पनि जानकार छन्। धुम्रपान रोक्नका लागि सरकार र संस्थाहरूले सचेतना अभियान पनि चलाउँछन्। त्यसका बावजुद विश्‍वभर करिब एक अर्ब मानिस धुम्रपान गर्छन्।

धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउँछन्। सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ। अझै पनि मानिसहरू धुम्रपान त्याग्‍न सकिरहेका छैनन्।

आखिर किन मानिसहरू चुरोट छोड्न सक्दैनन् भन्‍ने प्रश्‍नको जवाफ पाउन चारजना विज्ञहरूसँग कुरा गरिएको छ।

धुम्रपानको लत

स्वास्थ्य मनोवैज्ञानिक प्रोफेसर रोबर्ट वेस्ट भन्छन्, ‘म धुम्रपानको कडा विरोधी थिएँ तर एकदिन मैले पनि धुम्रपान शुरु गरेँ।’ प्रोफेसर रोबर्टले ‘द स्मोक फ्री फर्मुला’ नामक पुस्तक लेखेका छन्। उनी भन्छन्, ‘मैले आफ्नी एक प्रेमिकाको आग्रहमा चुरोट छोडेँ।’

प्रेमिकासँगको सम्बन्ध ३० वर्षपछि टुट्यो तर मानिसले आखिर किन धुम्रपान गर्छन् भन्‍ने उनको उत्सुकताको जवाफ खोज्‍न भने उनले जारी राखे। उनका अनुसार यसको जवाफ सुर्तीको पातमा पाइने निकोटिनमा हुन्छ। यो रसायन चुरोट सल्काउनेबित्तिकै बाहिर निस्कन्छ।

प्रोफेसर रोबर्ट भन्छन्, ‘जब चुरोटको धुवाँलाई कसैले भित्र तान्छ, तब निकोटिन फोक्सोको छेउमा छिट्टै अवशोषित हुन्छ र केही सेकेन्डमा यो सीधै मस्तिष्‍कमा पुग्छ। त्यहाँ यसले स्‍नायु कोशिकाहरूसँग अन्तरक्रिया गर्छ। यसको प्रभावले डोपामाइन नामको रसाइन बाहिर निस्कन्छ।’

र, यसले दिमागलाई यो संकेत दिन्छ कि केही राम्रो गरेका कारण तपाईंले ‘इनाम’ पाउँदै हुनुहुन्छ। रोबर्ट थप्छन्, ‘धेरैलाई यसबारे थाहा नहोला तर दिमागले चुरोट सेवन गर्ने व्यक्तिलाई यस्तो काम पुनः गर्नका लागि प्रेरित गरिरहेको हुन्छ।’

उनी भन्छन्, ‘यसलाई यसरी पनि बुझ्‍न सकिन्छ। तपाईंले पहिलोपटक जुन ठाउँमा चुरोट सल्काउनुभएको छ, उदाहरणका लागि अफिस बाहिर, चिया पसलमा वा कुनै बारमा। यदि तपाईं त्यहाँ पुनः जानुहुन्छ भने दिमागलाई लाग्छ कि उसले त्यही ‘खास कुरा’ पाउँदैछ।’

रोबर्टका अनुसार ती परिस्थितिहरू र धुम्रपानको आवश्यकताबीच एउटा सम्बन्धजस्तै निर्माण हुन्छ र यसले तपाईंलाई तानिरहन्छ।

निकोटिनको लतको पकड कति बलियो छ भनेर रोबर्ट जान्‍न चाहन्थे। उनले एउटा यस्तो समूहमाथि अध्ययन गरे, जसलाई अत्यधिक धुम्रपानका कारण घाँटीको क्यान्सर भएको थियो। ती सबैको घाँटीको नली काटेर निकाल्नुपरेको थियो।

रोबर्ट भन्छन्, ‘घाँटीको नलीमा जुन प्वाल पारिएका थिए, उनीहरूले त्यसमार्फत् नै सास फेर्छन्। शल्यक्रियापछि तीमध्ये धेरैजना धुम्रपान गर्न चाहन्थे। अब उनीहरूले धुँवा भित्र लैजान पाउँदैनथे किनभने अब उनीहरूको मुख फोक्सोसँग जोडिएको छैन। यस्तोमा धेरै मानिसहरू घाँटीमा बनाइएका प्वालमार्फत् नै धुम्रपान गर्छन्। यो स्थिति खासै सुखद हुँदैन। उनीहरूलाई यसमा धेरै समस्या हुन्छ तर यसबाट के थाहा हुन्छ भने धुम्रपान गर्ने व्यक्तिहरू निकोटिनको तलतल मेटाउन कत्ति लालायित हुन्छन्।’

रोबर्ट वेस्टका अनुसार चुरोटमा पाइने निकोटिनको लत धेरै हदसम्म हेरोइन, कोकिन वा अफिसमजस्ता कुनै अन्य ड्रग्सको लतजस्तै हुन्छ। उनका अनुसार अमेरिकाका पूर्वराष्‍ट्रपति बाराक ओबामाले दशकौंसम्म धुम्रपान गरेका थिए। पछि उनले ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ लिए।

बजार युद्ध

बायोकेमिस्ट डा. जेफ्री विगेन्ड भन्छन्, ‘मैले जे देखेँ, त्यो अनैतिक, गैरकानूनी र नियमविपरीत थियो। म यो कुरा उनीहरूको मार्केटिङ र उत्पादन मानिसहरूबीच गरिएको अनुसन्धानबारे भन्दैछु।’

डा. जेफ्री वेगान्ड सन् १९९४ मा ‘व्हिसल ब्लोअर’ को रूपमा बाहिर आए। उनले ठूला सुर्तीजन्य कम्पनीहरूको झुटको पर्दाफास गरे। हलिउडले यो कहानीमा एउटा फिल्म पनि बनाए, जसको नाम हो ‘इनसाइडर’।

डा. जेफरीको कहानीको शुरुवात सन् १९८८ मा अमेरिकी राज्य केन्टकीको लुइविलबाट भयो। जेफरीलाई ब्राउन एन्ड विलियम्सन सुर्ती कम्पनीमा लाखौँ डलरको तलबका साथै शीर्ष कार्यकारीको पद दिइयो। उनी बायोकेमिस्ट थिए र स्वास्थ्यको क्षेत्रमा काम गरेका थिए। उनले धुम्रपानको खतराको विषयमा कम्पनीको धारणा भ्रामक लाग्यो र यसबारे उनले प्रश्‍न सोध्‍न थाले।

पाँच वर्षसम्म जेफ्रीले प्रश्‍नहरू सोधिरहे र यसबारे रहस्य खोल्दै थिए। त्यसपछि एक दिन उनलाई बर्खास्त गरियो र चुप लाग्‍न निर्देशन दिइयो।

एक वर्षपछि सन् १९९४ मा जेफ्रीका पूर्व मालिकलगायत विश्‍वका सात ठूला टोबाको कम्पनीका सीईओहरूले सत्य बोल्ने वाचा गरे र अमेरिकी कांग्रेसको अगाडि झूट बोले। र, त्यो खेल परिवर्तन गर्ने खालको सावित भयो। जेफ्रीले विश्‍वलाई वास्तविकताबारे अवगत गराउने निर्णय गरे।

उनी भन्छन्, ‘मलाई ह्विसल ब्लोअर भनियो। त्यसपछि सबै समस्या शुरु भयो। मेलमार्फत् दुईपटक मेरा बच्चाहरूलाई मार्ने धम्की दिइयो। मेरो घरबाहिर मिडियाको जमघट लाग्‍न शुरु भयो। दुई हतियारधारी पूर्व सिक्रेट एजेन्ट चौबीसै घण्टा हाम्रो सुरक्षामा तैनाथ रहे।’

यो कहिल्यै प्रमाणित भएन तर जेफ्रीले आफूलाई धम्की दिनेमा ‘ब्राउन र विलियमसन’ जिम्मेवार रहेको बताउँछन्। तर, त्यसपछि ठूला सूर्तिजन्य कम्पनीहरूले निकोटिनको लत लाग्‍ने र यसले मानव शरीरलाई हानि पुर्‍याउने कुरालाई नकार्न सकेनन्।

केही देशले मानिसहरूलाई धुम्रपानबाट टाढा राख्नका लागि दूरगामी उपायहरू अपनाए, जसमा चुरोटको प्याकेटको प्याकेजिङमा परिवर्तन, सार्वजनिक स्थान र कार्यस्थलमा धुम्रपानमा प्रतिबन्ध लगाउने र कर लगाएर मूल्यमा धेरै गुणा वृद्धि गर्ने समावेश छ। जेफ्रीले अमेरिका र युरोपका देशहरूमा नियम परिवर्तन भएपछि सुर्तिजन्य कम्पनीहरूले आफ्नो ध्यान अन्य देशहरूमा केन्द्रित गरेको दाबी गरे।

अनौठो नशा

स्वास्थ्य मनोवैज्ञानिक डा. इल्डिको टोम्बोर भन्छिन्, ‘मेरी आमाले धेरै धुम्रपान गर्नुहुन्थ्यो। म सानो छँदा म चुरोटको धुवाँले घेरिएको हुन्थेँ।’

डा. इल्डिकोका अनुसार उनकी आमा गर्भवती भएपछि चुरोट छोड्ने गरेको तर बच्चालाई दूध खुवाउन छोडेपछि पुनः धुम्रपान गर्ने गर्थिन्। इल्डिकोले आफ्नी आमामाथि पहिलो केस स्टडी गरिन्। उनले आफ्नो अध्ययनमा के पत्ता लगाइन् भने मानिसहरूको आफ्नोबारे जुन धारणा हुन्छ, त्यसले उनीहरूको व्यवहारलाई प्रभावित गर्ने गर्छ।

उनी भन्छिन्, ‘पहिचानको प्रेरक शक्ति शक्तिशाली हुन्छ। यसले व्यवहार निर्धारण गर्छ। थुप्रै प्रकारको व्यवहार, चाहे धुम्रपान होस्, रक्सी पिउनु होस्, व्यायाम गर्नु होस् वा कुनै विशेष ब्रान्डको सामान वा उपकरणको खोजी गर्नु होस्।’

यो आफ्नो पहिचान बचाउनेजस्तै हो। त्यो पहिचान जुन विशेष समूह वा जातिसँग सम्बन्धित होस् वा सबैलाई यसबारे जानकारी छ भनी सुनिश्चित गरिरहनुभएको छ। डा. इल्डिको भन्छिन्, ‘कहिलेकाहीँ पहिचान स्पष्‍ट रूपमा देखिन्छ। जब तपाईं विश्‍वविद्यालयको पोशाक वा तपाईंको मनपर्ने फुटबल क्लबको जर्सी लगाउनुहुन्छ, यसको मतलब तपाईं त्यो विशेष सामाजिक समूहको हिस्सा हुनुहुन्छ। कहिलेकाहीँ यो तपाईंका लागि धेरै महत्त्वपूर्ण हुने गर्छ।’

समूह जति विशेष हुन्छ, त्यसमा प्रवेश गर्ने इच्छा त्यति नै बढी हुन्छ। विशेष हुनुको पहिचान जोगाउन नयाँ कलाकारले आफ्नो प्रतिबद्धता देखाउने काम गर्नुपर्छ। डा. इल्डिकोका अनुसार अधिकांशले २६ वर्षको उमेर नपुग्दै धुम्रपान गर्न थाल्छन्। किशोरको लागि ‘कूल समूह’ मा स्थान बनाउनु निकै महत्त्वपूर्ण हुन्छ।

डा. इल्डिको भन्छिन्, ‘धुम्रपान एक ‘सामाजिक राहदानी’जस्तै हो।’ उनले आफ्नो अनुसन्धानबाट के पत्ता लगाइन् भने जो व्यक्ति धुम्रपानलाई राम्रो दृष्‍टिकोणले हेर्छन्, उनीहरूलाई यसको फाइदा सामाजिक रूपमा र करिअरमा सफलता मिल्छ भन्‍ने लाग्छ। यस्तामा मानिसहरूले यसलाई छोड्न सक्दैनन्।

धुम्रपान गर्नुका बेफाइदाहरू छन् भन्‍ने धेरैलाई थाहा छ, यसको मानिसको ज्यान पनि लिन सक्छ। तर सबैले जोखिमलाई एउटै तरिकाले हेर्दैनन्।

जोखिममा जीवन

अनुसन्धानकर्ता कार्ल लेजवे भन्छन्, ‘म जागिरदार परिवारबाट आएको हुँ। म १४ वर्षको हुँदा मेरो बुबाको मृत्यु भयो। परिवारको जिम्मेवारी मेरी आमामाथि आयो। हामी न्यू जर्सीको एउटा साधारण शहरमा बस्थ्यौं।’

कार्ल लेजवेले धुम्रपानको लतमा परेका मानिसहरूको अध्ययन गरेका छन्। उनी र उनको टोलीले धुम्रपान गर्ने यस्ता मानिसहरूमा रुचि राख्थे, जसलाई नतिजा थाहा हुँदा पनि आफ्नो स्वास्थ्यलाई जोखिममा पार्न तयार थिए।

कार्ल लेजवे बताउँछन्, ‘हामीले एउटा खेल बनायौं। यो कम्प्युटरद्वारा निर्मित बेलुनमा आधारित थियो। यसमा बेलुन फुलाउँदा पैसा दिइन्थ्यो। तपाईं जति ठूलो बेलुन बनाउनुहुन्थ्यो, त्यति नै धेरै पैसा जित्न सक्नुहुन्थ्यो। तर, एक स्थानमा आएपछि यो बेलुन फुट्न सक्थ्यो।’

कार्लको टोलीले पत्ता लगायो कि धुम्रपान नगर्नेहरूले भन्दा धुम्रपान गर्नेहरूले बेलुन धेरै फुलाउँथे। कार्लका अनुसार यो प्रयोगले धुम्रपान गर्नेहरूले जोखिम लिन्छन् भनेर मात्र प्रमाणित मात्रै गरेन, उनीहरू कति हदसम्म जान सक्छन् भनेर पनि देखाउँछ।

कार्लले यसलाई बन्जी जम्पिङसँग तुलना गरेका छन्। जब तपाईं कुनै पुलबाट हाम फाल्नुहुन्छ, तब तपाईंलाई भुइँमा बजारिनबाट रोक्ने भनेको जिउमा बाँधिएको एउटा रबर हो। यदि यो टुट्यो भने खेल खत्तम।

धुम्रपानको सन्दर्भमा यसले पछि गएर तपाईंलाई यस्तो रोग पनि लाग्‍न सक्छ, जसले ज्यानसमेत लिन सक्छ भन्‍ने आशंका रहन्छ तर यस्तो नहुन पनि सक्छ। धुम्रपान गर्नेहरूले आफ्ना भावनाहरूलाई कसरी व्यवस्थापन गर्छन् भन्‍ने कुरा बुझ्‍नु पनि महत्त्वपूर्ण रहेको उनी बताउँछन्। विशेष गरी तनावको समयमा।

कार्ल भन्छन्, ‘मेरी आमाको कथालाई फर्केर हेर्ने हो भने उनले आफ्नो परिवारलाई मद्दत गर्न हाइस्कुलको पढाइ छोडिन्। उनको काँधमा जिम्मेवारीको बोझ थियो। मैले उनको धुम्रपान लतबारेमा के याद गरेँ भने यो उनको लागि ब्रेकजस्तै थियो। त्यतिबेला उनको जीवनमा जे भइरहेको हुन्थ्यो, चुरोट पिउने बेला उनले लगभग बिर्सिएकी हुन्थिन्।’

दुई छाकको खानाका लागि संघर्ष गर्नुपर्ने आफ्नी आमाजस्ता मानिसहरूले दिनहुँ धेरै चुनौतीहरूको सामना गरिरहेको कार्ल बताउँछन्। उनका अनुसार यस्ता मानिसहरूलाई कमजोर इच्छाशक्ति भएका व्यक्तिको संज्ञा दिनु ठीक होइन। त्यस्ता व्यक्तिहरूको अवस्था ती मानिसहरूले अनुमान गर्न सक्दैनन्, जो समान आर्थिक समस्याहरूको सामना गरिरहेका छैनन्।

तर, धुम्रपानबाट पाइने खुशी वा आनन्दले जोखिमको बोझलाई हरेकपटक केही थप बढाउने गर्छ। कार्लकी आमालाई अब यसको महशुस भइसकेको छ। कार्ल भन्छन्, ‘करिब तीन वर्षअघि मेरी आमालाई फोक्सोको क्यान्सर भएको जानकारी पायौँ। उनी निको भइन्। त्यसपछि उनलाई ब्रेन क्यान्सर भयो। यो एउटा यस्तो पीडा हो, जसलाई म निजी रूपमा महशुस गर्न सक्छु।’

अन्तिममा आखिर मानिस चुरोट किन छोड्दैनन् भन्‍ने प्रश्‍नमा फर्किऔँ। विज्ञहरूको धारणा के छ भने केही व्यक्तिहरूका लागि यो जीवनको तनावसँग सामना गर्ने तरिका हो। केही व्यक्तिहरूका लागि यो उनीहरूको पहिचान प्रकट गर्ने तरिका हो। हामीले यो पनि बुझ्यौं कि केही मानिस आनुवंशिक रूपमा निकोटिन लतका लागि पूर्वनिर्धारित छन्। र, ती थुप्रै मानिस सुर्तीजन्य कम्पनीको निशानामा पनि पर्ने गर्छन्। सबैभन्दा महत्त्वपूर्ण धुम्रपान गर्नेहरूलाई निकोटिनको लत लाग्छ र यो लतको दलदल हेरोइनभन्दा बढी गहिरो हुन्छ।

बीबीसीबाट

बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.