काठमाडौँ । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । प्रेमी एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेर विवादमा आएकी उनले पदबाट राजीनामा दिएकी हुन् ।
Advertisement
राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएको जनाइएको छ । जेठ अन्तिममा दाङका वाईसीएल नेता बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा सरकारले छानबिन समिति गठन गरेको थियो ।
एमाले नेता पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । पछि उनी माओवादीबाट राज्यमन्त्री भएकी हुन् ।