• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


सोमबार, असार १३, २०७९ मा प्रकाशित

काठमाडौं– क्यानडाविरुद्धको दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाइ गरे।

नेपाली टोलीले आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिता अघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेल खेल्ने तालिका छ।

घोषणा भएको टोलीमा नयाँ दुई अनुहारबाहेक अधिकांश अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन्। टोलीमा पवन सर्राफले पुनरागमन गरेका छन् भने वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन्।

सागर ढकाल र सुसन भारी भने टोलीबाट बाहिरिएका छन्। नेपाली टिममा कप्तान लामिछाने र उपकप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी छन्।

नेपालले स्कटल्याण्डमा लिग–२ अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ। त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ। स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ। नेपाल र नामिबियाबीचको खेल ११ जुलाईमा हुनेछ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध १६ जुलाई र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका रहेको छ।

नेपाल लिग–२ तालिकाको पाँचौ स्थानमा रहेको छ। नेपालले १६ खेलबाट सात जित, आठ हार र एक ‘टाइ’ सहित १५ अंक जोडेको छ।

तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ। आईसीसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ।

सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.