काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले क्षमता, योग्यताले भ्याएसम्म काम गर्ने बताएका छन् ।
Advertisement
आइतबार बिहान सपथ लिएसँगै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमताअनुसार काम गर्छु, यो पदको दुरुपयोग गर्दिनँ ।’
उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।