काठमाडौँ । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
Advertisement
योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । आज चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।