भारत हिमाचलको सोलनस्थित एक केबल कारमा ९ जना पर्यटक फसेका छन्। उनीहरूलाई बचाउने प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्।
केबल कारमा अड्किएकामध्ये दुईजनाको उद्धार गरिसकिएको छ। अन्य नौजना केबल कारमै अड्किएका छन्।
परवाणु टिम्बर ट्रेलमा उनीहरू केबल कारको ट्रलीमा फसेका हुन्। कसौली जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट दानवीर ठाकुरका अनुसार एनडीआरएफको टोली घटनास्थलमा पुगेर पर्यटकको उद्धार प्रयास गरिरहेको छ।
हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले ट्विटमार्फत पर्यटकलाई केबल कारबाट बाहिर निकाल्ने प्रयास जारी रहेको जनाएका छन्। आफू स्वयं घटनास्थलमा पुग्दै गरेको ठाकुरले बताएका छन्।
#WATCH | Himachal Pradesh: Rescue operation underway at Parwanoo Timber Trail where a cable car trolly with tourists is stuck mid-air.
2 people have been rescued, 9 are still stranded. NDRF team shortly to reach the spot: Dhanbir Thakur, SDM Kasauli pic.twitter.com/gygYHK0II0
— ANI (@ANI) June 20, 2022