काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आज बिहान बसेको समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएसँगै स्पष्टिकरण सोध्ने भएको हो ।
प्रधानमन्त्री देउवालाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न समितिले बोलाएको थियो । बैठकमा देउवाले उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएका थिए ।
समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् । जसमा कांग्रेस सांसदहरूले कार्य व्यस्तताका कारण होला भन्दै बचाउ गरेका थिए ।
छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएको बताउँदै ध्यानाकर्षण गराउने निर्णयको प्रस्ताव गरेकी थिइन् ।
तर, कांग्रेस र माओवादी केन्द्रका सांसदले असहमति जनाएका थिए ।