काठमाडौं– भारतको बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ ।
Advertisement
अवतरण गराइएको उक्त विमानमा १८५ यात्री सवार थिए । भारतीय सञ्चार माध्यमका अनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको थियो ।
पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको बताएका छन् ।