काठमाडौं– फिल्म ‘महापुरुष’ को छायाङ्कन शुरु भएको छ ।
Advertisement

प्रदीप भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिका देखिनेछन् ।

४० दिनको छायाङ्कन तालिका रहेको फिल्ममा महका अलवा अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेललगायतको अभिनय रहनेछ ।
म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ ।