भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान गुजरात पुगे। गुजरातको गान्धीनगरस्थित आफ्नो घर पुगे, जहाँ आजै सय वर्ष पुगेकी उनकी आमा हीरावेन मोदी छोराको प्रतीक्षामा थिइन्।
Advertisement
समाचार एजेन्सी एएनआईका अनुसार मोदीकी आमा हीरावेन शनिकार एक सय वर्ष प्रवेश गरेकी छन्।
घर पुगेर मोदीले आमाको पाउ पखाले। र, आमाबाट आशिर्वाद लिए। आमासँग केहीबेर भलाकुसारी गरेपछि उनी विदा भए।
प्रधानमन्त्री मोदीकी आमा हीरावेन आफ्ना कान्छा छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्दै आएकी छन्।