बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकी सुपुर्दगी गरिने भएको छ।
Advertisement
अमेरिकी पक्षले लामो समयदेखि उनलाइए सुपुर्दगी गर्न माग गर्दै आएको थियो। बेलायत सरकारले त्यसलाई सदर गरिदिएको हो। अस्ट्रेलियाली नागरिक असान्जमाथि जासुसीसहित अमेरिकामा विभिन्न १८ वटा मुद्दा दायर भएका छन्।
सन् २०१० मा अमेरिकी हजारौं गोप्य सूचना सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन्। सन् २०१९ देखि बेलायतको बेल्मार्स जेलमा रहेका असान्जलाई अमेरिकाले सुपुर्दगीका लागि माग गर्दै आएको थियो।
हालै बेलायती गृहमन्त्री प्रिती पटेलले सुपुर्दगी गर्ने आदेशमा हस्ताक्षर गरेको जानकारी दिएकी छन्। यद्यपि, उनले पुनरावेदन गर्न पाउने छन्। त्यसका लागि उनले दुई साताभित्र पुनरावेदन गर्न गरिसक्नु पर्नेछ।