काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेका जनप्रतिनिधिलाई पाँच वर्ष प्रशांसा हुने गरी काम गर्न निर्देशन दिएका छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
Advertisement
अध्यक्ष ओलीले गएका दुई वर्ष बामपन्थी आन्दोलनलाई सिधाउन पार्टीभित्र र पार्टीबाहिर धेरै खेल भएको दाबी गरे । ‘पार्टी अध्यक्षलाई झुटा आरोप लगाउने, चरित्र हत्या गर्नेसम्मका काम भयो,’ उनले भने, ‘नेकपा एमालेले जीवन मरणको लडाई जितेर आएको छ, अहिले पनि देशका प्रमुख पार्टी एमाले हो ।’
गत ३० वैशाख सम्पन्न चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको हो ।