काठमाडौँ । काठमाडौंको टोखाको डाँफे कोलनी नजिकै कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् ।
Advertisement
कारले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ३ बजे प्रदेश १–०२१ च २९५६ नम्बरको कारले प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार बालक घाइते भएका थिए ।
कारसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।