काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मुद्दा दायर प्रक्रियामा जाने भएको छ ।
Advertisement
प्रेमी एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेकी विमलालाई जिल्ला प्रहरी कार्यालय लगिएको हो । विमलाले आजै बिहान प्रेमी बस्नेतको घरमा पुगेर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् ।
विमला एकराजको घरमा पीएसओ लिएर झण्डावाल गाडीमा गएकी थिइन् । प्रहरीले पीडितका घाउ जचाएको छ । श्रीमानको प्रेमिका तथा मन्त्री विमलाविरुद्ध कुटिएकी बस्नेतले जाहेरी दिन जिप्रका दाङ गएकी छन् ।
उनले स्थानीय एक वकिलकहाँ पुगेर निवेदन बनाएकी हुन् ।