काठमाडौँ । क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ भएको छ । कोरोना भाइरस पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।
Advertisement
प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकालाई खोप लगाउन आह्वान गरे ।
‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ, म सार्वजनिक स्वास्थ्य दिशानिर्देशन पालना गर्दै छु, र अलग्गै बस्ने छु, खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ,’ उनले ट्विटमा भनेका छन्, ‘तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस, बुस्टर डोज लगाउनुहोस ।’
ट्रुडोलाई यसअघि जनवरीमा कोभिड पुष्टि भएको थियो ।