काठमाडौं– पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६ पीसिआर परीक्षण गर्दा ९ र ११ सय २५ नमुना एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा १३ जना संक्रमणमुक्त भएका र कसैको संक्रमणका कारण निधन नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १०२ छ ।