काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसेको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।
Advertisement
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ ।
स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।