काठमाडौँ । पूर्व डीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन् । उनले केही दिनमै उम्मेदवारीको घोषणा गर्ने बताए ।
Advertisement
नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने गरी तयारी गरिरहेको जनाएको छ ।
उनले नेपाली हेडलाइनसँग भने, ‘काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवारी दिने तयारी तयारी छ, अब चाँडै नै उम्मेदवारी घोषणा गर्छु ।’
खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । यसअघि उक्त क्षेत्रबाट पुकार बमले उम्मेदवारी घोषणा गरिसकेका छन् ।