भारतका नयाँ राष्ट्रपतिका लागि १८ जुलाईमा मतदान हुने भएको छ।
Advertisement
भारतका वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुँदैछ।
भारतीय निर्वाचन आयोगले बिहीबार नयाँ राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेको हो। २१ जुलाईमा भारतले आफ्नो १५औँ राष्ट्रपति पाउने छ।
त्यसका लागि २९ जुनलाई राष्ट्रपतिको उम्मेदवारी दर्ताको अन्तिम मिति तोकेको छ।
राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा सपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए। उनी राष्ट्रपति बन्नुअघि सर्वोच्च अदालतमा अधिवक्ताका रूपमा लामो समय काम गरेका थिए। र, राष्ट्रपति निर्वाचित हुनुअघिसम्म विहारका राज्यपाल थिए।