काठमाडौँ । शरीरको भित्री वस्त्र कट्टुमा फल्स बनाइ सुन तस्करी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका हुन् ।
Advertisement
विमानस्थलका अनुसार पक्राउ पर्नेमा धनुषाका एक जना रहेका छन् । शंका लागेर उनको शरीर तथा सामान जाँच क्रममा सुन बरामद भएको हो । उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा फेला परेको छ ।
उनको साथबाट ४६६.५ ग्राम सुन बरामद भएको हो । यस्तै, सिक्रीका रुपमा ५० ग्राम सुन पनि बरामद भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।