काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा माग भएको छ ।
बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नु पर्ने निर्णय गरेको भन्दै नेकपा एमालेका सांसद लालबहादुर थापाले आयुक्तको राजीनामा माग गरेका हुन् ।
‘उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायत दुई जना आयुक्तहरुको सभामुख मार्फत् राजीनामा माग गर्दछु,’ उनले भने ।
यही सन्दर्भमा उनले गृहमन्त्रीसमेतको राजीनामा माग गरेका थिए ।