काठमाडौँ । आज मध्य र पश्चिमी भागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
Advertisement
दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेसका थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।