काठमाडौँ । काठमाडौंको फर्पिङमा दुई जनाको शव फेला परेको छ । दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा युवा युवतीको शव फेला परेको हो ।
Advertisement
सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा-युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूको पहिचान हुन सकेको छैन ।
शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।