काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाले आज शपथ ग्रहण गर्ने भएको छ ।
Advertisement
राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
नेकपा एसले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री पठाउने निर्णय गरेको थियो ।
नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । उनीहरु सबैलाई फिर्ता बोलाइएको छ ।