काठमाडौँ । पछिल्लो केही दिनदेखि देशमा विभिन्न भागमा वर्षा भइरहेको छ । वर्षाका कारण सामान्य क्षति भएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भागमा वर्षा हुने जनाएको छ ।
Advertisement
यस्तै, देशका १२ जिल्लाका साना नदी नालामा बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले ती नदी किनारमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर रहेको छ । यस्तै, बागमती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङ रहेको छ ।
यसैगरी, लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।