काठमाडौं । कैलालीको एक जंगलमा महिलाको शव फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका ६ स्थित शिवशक्ति समुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा स्थानीय २४ वर्षीय जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
Advertisement
शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।