काठमाडौँ । जर्मनीमा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी राज्य बाभेरियामा दुर्घटना भएको हो ।
Advertisement
घटनामा ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । धेरै विद्यार्थी बोकेको रेल म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीन वटा डिब्बा पटरीबाट खसेको थियो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।