काठमडाौँ । सामूहिक बलात्कारमा संलग्न भएका ६ युवा जनालाई पक्राउ गरिएको छ । कपिलवस्तु प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
Advertisement
रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । एक १४ वर्षीया बालिकालाई अपहरण सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिंञ्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कंडेल र सौरव थापा रहेका छन् ।
उनीहरू सबै १९ वर्षभन्द मुनी रहेको प्रहरीले जनाएको छ ।