काठमाडौँ । ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
Advertisement
बाँकेको कोहलपुरमा महिला क्रिकेट एकडेकी विनियोजन तथा रंगशाला, धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशाला निमार्ण गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।
यस्तै, प्रमुख शहरमा सार्वजनिक यातायात विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली लागू गरिने छ ।
आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले काठमाडौं उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई क्रमश विद्युतीय सवारी साधनमा परिणत गर्ने व्यवस्था गरिने जनाएका छन् ।