काठमाडौँ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश तथा विहार आसपास रहेको न्यून चापीय रेखा वायुको प्रभाव रहेको छ ।
Advertisement
हाल देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्यांगसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
यी प्रदेशहरूको पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्यांग तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मेघ गर्जन र चट्यांग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।