काठमाडौँ । काठमाडौँ महानगरको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै विजय उत्सव मनाउन सुरु भएको छ ।
Advertisement
निर्वाचन अधिकृतले अन्तिम मत परिणाम सार्वजनिक गरेसँगै नवनिर्वाचित मेयर बालेन शाहको धन्यवाद जुलुस बिहानैदेखि सुरु भइसकेको छ ।

यस्तै, उपमेयरमा विजयी सुनिता डंगोलले पनि विजयी जुलुस निकालेकी छन् । उनले आज काठमाडौँका विभिन्न क्षेत्रमा विजयी जुलुस मनाउने भएकी हुन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरेकी हुन् ।
