• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, कार्तिक ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बैतडीमा भूकम्प

सुनचाँदीको मूल्य घट्यो

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

शनिबार ४७० सवारीसाधन कारबाहीमा

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

लोकप्रिय समाचार

  • १. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • २. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ३. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • ४. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

  • १०. झटारो : ह्यान्सम मने कमरेडको रिस !

विश्‍व घटना : अन्तरिक्षमा २३५ दिन !


    Avatar photo
आइतबार, कार्तिक ०९, २०८३ मा प्रकाशित

काठमाडौं- आज २५ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८५४- क्रिमियामा भिषण युद्ध

हाल रुसले कब्जामा लिएको क्रिमियालाई कब्जामा लिन १७२ वर्षअघि भिषण युद्ध भएको थियो। युद्धको एकातर्फ ब्रिटेन, फ्रान्स र अटोमन साम्राज्य थिए भने अर्कोतर्फ तत्कालीन रुसी राजतन्त्र थिए। यसलाई ‘ब्याटल अफ बालाक्लाभा’ नाम दिइएको थियो।

– सन् १९४०- पहिलो अफ्रिकी-अमेरिकी सेनाका जर्नेल

अमेरिकी सेनामा पहिलोपटक अश्‍वेत नागरिक जर्नेल नियुक्त भएका थिए। ती भाग्यमानी थिए, बेन्जामिन ओलिभर डेभिस। पहिलो अफ्रिकी-अमेरिकी मुलका उनले उक्त समुदायबाट पहिलोपटक सेनाको जर्नेल बन्‍ने अवसर पाएका हुन्।

– सन् १९८३- ग्रेनाडामाथि अमेरिकी आक्रमण

क्यारिबियन मुलुक ग्रेनाडामाथि आजकै दिन अमेरिकी आक्रमण शुरु भएको थियो। अमेरिकाको नेतृत्वमा ‘अपरेसन फ्युरी’ नाम दिएर शुरु भएको आक्रमणमा त्यहाँको सरकारलाई अपदस्थ गराइएको थियो। उक्त आक्रमण प्रधानमन्त्री मौरिस बिसपको हत्यापछि अन्त्य भएको थियो। अमेरिकाले यसलाई आफ्नो जित दाबी गरेको थियो।

– सन् २०००- मानव वंश वृक्षको खोजी

सन् २००० मा ब्रिगिट सेनट र मार्टिक पिकफोर्डको नेतृत्वमा रहेको टोलीले केन्याको टुगेन हिल्समा ओरोरिन टुगेनेन्सिसको खोजी गरेको थियो। जो मानव वंश वृक्षको सबैभन्दा प्रारम्भिक प्रजातिहरू मध्ये एक थियो। र, करिब ६० लाख वर्षअघि उक्त प्रजाति टुगेन हिल्समा बसोबास गर्थ्यो।

– सन् २००७- एयरबस-३८० को पहिलो व्यावसायिक उडान

विश्‍वकै ठूलो यात्रीवाहक विमान एयरबस-३८० ले आजकै दिन पहिलो व्यावसायिक उडान गरेको थियो। फ्लाइट नम्बर ‘एसक्यू ३८०’को उक्त विमान सिंगापुरको चांगी अन्तर्राष्‍ट्रीय विमानस्थलबाट उडेर अस्ट्रेलियाको सिडनी विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमान सिंगापुर एयरलाइन्सले खरिद गरेको थियो।

– सन् २०१७- सवा १५ करोड वर्ष पुरानो जलचरको अस्थिपञ्‍जर

सन् २०१७ मा भारतमा १५ करोड २० लाख वर्ष पुरानो एक समुद्री सरिसृपको अस्थिपञ्‍जर फेला परेको थियो। उक्त अस्थिपञ्‍जरलाई इचथियोसोर नाम दिइएको थियो। उक्त जलचरको पहिलो अस्थिपञ्‍जर फेला परेको उल्लेख गर्दै पीएलओएस नामक वन विज्ञान पत्रिकामा प्रकाशित भएको थियो।

– सन् २०१८- यौन दुर्व्यवहारमा हटाइए ४८ जना गुगल कर्मचारी

सन् २०१८ मा आजकै दिन गुगलले आफ्ना ४८ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको थियो। उनीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। उनीहरूले एन्ड्रोइड सफ्टवेयर निर्माता एन्डी रुबिनलाई यौन दुर्व्यवहार गरेको आरोप थियो।

– सन् २०२१- ह्विर्लपुल ग्यालेक्सीमा पहिलो ग्रह

सन् २०२१ मा आजकै दिन नासाका वैज्ञानिकहरूले ह्विर्लपुल नाम दिइएको आकाशगंगा (ग्यालेक्सी)मा पहिलो ग्रह देखिएको घोषणा गरेका थिए। उक्त ग्यालेक्सी हाम्रो आकाशगंगाभन्दा बाहिर पर्छ। र, खोजी गरिएको ग्रह २ करोड ८० लाख प्रकाश वर्ष टाढा छ।

– सन् २०२२- न्युजिल्यान्डको संसदमा महिलाको बहुमत

ओसेनिया मुलुक न्युजिल्यान्डको संसदका लागि भएको चुनावमा महिलाहरूको बहुमत कायम भएको थियो। र, विश्‍व इतिहासमै पहिलोपटक कुनै संसदमा महिलाको बहुमत कायम भएको थियो।

– सन् २०२३- ओटिस तुफानले लियो ५२ को ज्यान

मेक्सिकोको प्रशान्त महासागर तटीय क्षेत्रमा ओटिस नाम दिइएको समुद्री तुफानले आजकै दिन ५२ जनाको ज्यान लिएको थियो। खासगरी, अकापुल्को इलाकामा तुफानको बढी प्रभाव परेको थियो।

– सन् २०२४- अन्तरिक्षमा २३५ दिन !

सन् २०२४ मा आजकै दिन चारजना अन्तरिक्ष यात्रीहरू २३५ दिन अन्तरिक्षमा बिताएर धर्तिमा फर्किएका थिए। अमेरिकी अन्तरिक्ष अभियान नासाका स्पेसएक्स क्रु-८ का म्याथ्यु डोमिनिक, माइकल ब्यारेट र जेनेट एप्स तथा रुसी अन्तरिक्ष कार्यक्रम रोसकोमोसका अलेक्जेन्डर ग्रेबेन्कीले लामो समय अन्तरिक्षमा बिताएका थिए।

आइतबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा भूकम्प
सुनचाँदीको मूल्य घट्यो
बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता
एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

भर्खरै

  • १.
    बैतडीमा भूकम्प

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

  • ४.
    एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

  • ५.
    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात

  • ६.
    बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

  • ७.
    म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

  • ८.
    शनिबार ४७० सवारीसाधन कारबाहीमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.