• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

सभापति लामिछाने भारत जाँदै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

विश्‍व घटना : २४ सय वर्ष पुरानो जहाजको भग्‍नावशेष !

राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

लोकप्रिय समाचार

  • १. झटारो : कालो चश्माको कमाल

  • २. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ३. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ७. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ८. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ९. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • १०. दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

विश्‍व घटना : क्युब आकारको विश्‍वकै अग्लो भवन


    Avatar photo
बिहिबार, कार्तिक ०६, २०८३ मा प्रकाशित

काठमाडौं- आज २२ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न पहलुले आजको दिन सम्झाउँछन्। प्रस्तुत छ केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १७९७- प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्ति

फ्रान्सका बलुनिस्ट आन्द्रे जाक्स गार्नेरिन प्यारासुट प्रयोग गरी आकाशबाट हाम फाल्ने पहिलो व्यक्ति बनेका थिए। पेरिसको पार्क मोन्सोउमा उनले सिल्क प्यारासुटमार्फत हाम फालेका थिए, जुन उनी आफैंले निर्माण गरेका थिए।

– सन् १८८४- इंग्ल्यान्डको ग्रिनविच लंगिच्युड मेरिडियनको केन्द्र घोषित

अन्तर्राष्‍ट्रीय मेरिडियन सम्मेलनमार्फत आजकै दिन इंग्ल्यान्डको ग्रिनविचलाई लंगिच्युड मेरिडियनको केन्द्र घोषणा गरिएको थियो। अमेरिकाको वासिङ्टन डीसीमा उक्त सम्मेलन आयोजना भएको थियो।

– सन् १९३६- चीनको लङ मार्च अन्त्य

माओत्से तुङको नेतृत्वमा चिनियाँ लालसेनाले आजकै दिन ६०० माइलको विजय यात्रा अन्त्य गरेको थियो। यसलाई लङ मार्च नाम दिइएको थियो। च्याङ काई-सेक नेतृत्वको राष्‍ट्रवादी सेनालाई पराजित गर्दै लालसेनाले चिनियाँ शासन कम्युनिस्ट पार्टीको हातमा ल्याएको थियो। लङ मार्चलाई चीनमा तीनवटा सेनाको मिलनका रूपमा पनि चिनिन्छ।

– सन् २००८- भारतको पहिलो चन्द्र मिसन

भारतले आजकै दिन चन्द्रमामा पहिलो मिसन पठाएको थियो। ‘चन्द्रयान-१’ नाम दिइएको उक्त मानवरहित मिसन १४ नोभेम्बर २००८ मा चन्द्रमामा अवतरण भएको थियो। त्यससँगै भारत चन्द्रमामा मिसन अन्तरिक्ष यान पठाउने पाँचौं मुलुक बनेको थियो।

– सन् २०१०- विकिलिक्सको त्यो सनसनीखेज खुलासा

सन् २०१० मा आजकै दिन जुलियस असान्जको विकिलिक्स नामक वेबसाइटले इराक र अफगानिस्तानको युद्धबारे अमेरिकी सरकारका गोप्य सूचना सार्वजनिक गरेको थियो। त्यसबाट संसारभर हलचल मच्चिएको थियो।

– सन् २०२२- इटालीमा पहिलो महिला प्रधानमन्त्री

सन् २०२२ मा आजकै दिन इटालीमा जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी थिइन्। धुर दक्षिणपन्थी पार्टी ब्रदर्स अफ इटालीकी नेताका रूपमा उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

– सन् २०२४- रियादमा क्युब आकारको अग्लो भवन

सन् २०२४ मा आजकै दिन साउदी अरेबियाको राजधानी रियादमा क्युब आकारको अग्लो भवनको निर्माण शुरु गरिएको थियो। ४०० मिटर उचाइको उक्त भवन संसारकै अग्लो हुने अनुमान छ।

– सन् २०२५- ड्रग भेसलमाथि अमेरिकाको घातक आक्रमण

सन् २०२५ मा आजकै दिन अमेरिकाले अवैध लागूऔषध बोकेको ड्रग भेसलमाथि नवौंपटक घातक आक्रमण गरेको थियो। प्रशान्त महासागरमा अवैध लागूऔषध बोकेको पानीजहाजमाथि अमेरिकी सेनाले आक्रमण गरेको थियो। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले उक्त आक्रमणमा तीन जना मारिएको पुष्‍टि गरेका थिए।

बिहिबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
सभापति लामिछाने भारत जाँदै
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

भर्खरै

  • १.
    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

  • २.
    इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

  • ३.
    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

  • ४.
    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

  • ५.
    सभापति लामिछाने भारत जाँदै

  • ६.
    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

  • ७.
    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

  • ८.
    विश्‍व घटना : २४ सय वर्ष पुरानो जहाजको भग्‍नावशेष !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.