• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही

सुनचाँदीको मूल्य बढ्यो

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

बेनी–बाबियाचौर सडक खुल्यो

दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • २. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ८. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • ९. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • १०. भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा


    Avatar photo
बुधबार, असोज १४, २०८३ मा प्रकाशित

रसुवा- उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत् ३३ जना विद्यार्थी हरेक दिन ज्यानलाई जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन् ।

यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले खोला तर्ने, गाडीमा झुन्डिने र तुइनमा वारपारको सास्ती खेप्नुपरेको हो ।

उक्त विद्यालयकी शिक्षिका रन्जना थापा भन्नुहुन्छ, “भोटेकोशी बाढीपछि शान्तिबजार र पैरेबेँसीबाट आउने विद्यार्थीले दैनिक रूपमा त्यस्तै कष्टपूर्ण यात्रा तय गर्दै विद्यालय आइपुग्ने गरेका छन् ।”

दैनिक रूपमा उनीहरुले सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन् अनि गाडीको पछाडि जोखिमपूर्ण रूपमा झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म आइपुग्ने गरेका छन् । ती विद्यार्थीको दुःख यतिमा मात्रै सीमित छैन, त्यसपछि तुइनको सहारामा उनीहरु उर्लँदो त्रिशूली नदी पार गरेर ढुङ्गे बजार पुग्ने दैनिकी छ ।

ढुङ्गे बजारबाट पुनः माइक्रोबस चढेर आङ्गिटार पुग्ने ती विद्यार्थी सिहाले गाउँको आधा घण्टाको उकालो पैदलपछि मात्र बेत्रावती आइपुग्छन् । अनि त्यहाँको फड्के तरेर थप २० मिनेट उकालो हिँडेपछि मात्र उनीहरू विद्यालय पुग्छन् ।

विद्यार्थीको बनेको पछिल्लो दैनिकी भोटेकोशी बाढीले त्यहाँका विद्यार्थीलाई दिएको सास्तीको नमूनाका रूपमा रहेको छ । ती विद्यार्थीले खेप्नुपरेको सास्ती, थकाइलाग्दो र जोखिमपूर्ण यात्रा स्वयं शिक्षक र शिक्षिकाका लागि एउटा कथाजस्तै बनेको छ । तर त्यो दन्ते कथा नभई भोटेकोशी बाढीले उत्पन्न गरेको बास्तविकता हो शिक्षिका थापा भन्नुहुन्छ ।

शिक्षा आर्जनका लागि दैनिक रूपमा यति ठूलो जोखिम मोल्नुपर्ने बाध्यतालाई तीन तहका सरकारले समयमै मनन गरी सम्बोधनका लागि ठोस कदम चाल्न उहाँको सुझाव छ ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही
सुनचाँदीको मूल्य बढ्यो
थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड
बेनी–बाबियाचौर सडक खुल्यो

भर्खरै

  • १.
    तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

  • २.
    ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही

  • ३.
    सुनचाँदीको मूल्य बढ्यो

  • ४.
    थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

  • ५.
    सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

  • ६.
    साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

  • ७.
    बेनी–बाबियाचौर सडक खुल्यो

  • ८.
    दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.